गण्डकीमा पुनर्नियुक्ति पाएका मन्त्रीहरुले लिए शपथ

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिँदै मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङ, विकास लम्साल, रामशरण बस्नेत र नरदेवी पुनलाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

पुनः नियुक्त भएकामध्ये यसअघि गुरुङले आर्थिक मालिमा तथा योजना मन्त्रालय, लम्सालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, बस्नेतले भौतिक पूर्वाधार विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पुनले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

यस अगाडि युवा तथा खेलकुद मन्त्रालयमा नियुक्त राजिव गुरुङ प्रदेश बाहिर रहेकाले बुधबारको शपथ ग्रहण कार्यक्रममा सहभागी भएनन् । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार