काठमाडौँ । औषधि कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका ७ स्थायी घर भएका २२ वर्षीय रविन्द्र महतो रहेका छन् । पक्राउ परेका महतो मोरङ को विराटनगर महानगरपालिका ३ मा पश्चिमवासी फार्मेसी सञ्चालन गर्दै आएका थिए ।
उनले सिरहाका बरियारपट्टी गाउँपालिका ३ बस्ने ४५ वर्षीय राम नारायण मुखियालाई बैशाख २५ र ३० गते औषधि बिक्री गर्दा २ वटा खाता बनाई एउटा वास्तविक मूल्य लेख्ने र अर्कोमा बढी मूल्य लेखी औषधि बिक्री गरेको जिल्ला प्रहरी कार्यालय मोरङ का का प्रवक्ता डिएसपी मान बहादुर राईले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेका महतोले ग्राहकलाई बढी मूल्य लेखेको खाता देखाई औषधि बेचेका थिए ।उनीमाथि कालोबजारी तथा अन्य सामाजिक अपराध, सजाय ऐन अनुसार कारबाही बढाउने प्रहरीले जनाएको छ । रातोपाटीबाट