काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ ।
त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।
शुक्रबार राती मात्रै राष्ट्रपतिले केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाले सरकार गठनका लागि गरेको दावीमा वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गर्नुभएको थियो ।प्रधानमन्त्री ओलीकै सिफारिशमा ५ पुस २०७७ मा पनि राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।