कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको छ ।कर्मचारीहरुको मनोबल बढाउन आगामी आर्थिक वर्षको बजेटमा साउन १ देखि लागू हुने गरी सबै तहका सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घोषणा गर्नुभयो ।

गएको वर्ष तलब बृद्धि भएको थिएन । यसअघि सरकारले आर्थिक वर्ष २०७६र७७ मा नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलव बढाउने घोषणा भएको थियो ।यसैगरी सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी जवान तथा अधिकृतको खाइपाइ आएको रासन भत्तामा १५ प्रतिशत वृद्धि गरेको छ ।

निजामती कर्मचारीको १० लाख रुपैयाँको दुर्घटना बीमा १ लाख रुपैयाँको स्वास्थय बीमा सरकारले गरिदिनेछ । निजामती सेवाको रिक्त पदपूर्ति ६ महिनाभित्र गर्ने व्यवस्था पनि मिलाइने पौडेलले बताउनुभयो । यस्तै कर्मचारीका लागि सामूहिक आवासको व्यवस्था पनि गरिनेछ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार