विराटनगर । औषधी कालोबजारी गरेको आरोपमा प्रहरीले विराटनगर-१५ रानीस्थित जनता मेडिकल स्टोर सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय रविकुमार रजक छन्। मोरङ प्रहरीको टोलीले रजकलाई आइतबार दिउँसो साढे १ बजे घरैबाट पक्राउ गरेको हो।
उनको घरमा फिजिसियन स्याम्पलका औषधीहरू, मुटु सम्बन्धीका औषधीहरू, पेनकिलर, एन्टिबायोटिक, इन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधीहरू र सेनिटाइजर लगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू बरामद गरेको भएको प्रहरीले जनाएको छ।
उनले औषधीहरु भण्डारण गर्ने र कालोबजारी गरी झुक्याएर बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। रजकलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको छ। सेतोपाटीबाट