काभ्रे । काभ्रेको चौरी देउराली गाउँपालिका–८ बिर्ता देउरालीस्थित सुनकोशी नदीमा माछा मार्न जाँदा बेपत्ता युवाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार २१ वर्षीय सुजित तामाङको शव नदीबाट निकालेको हो ।
तेमाल गाउँपालिका–२ घर भएका सुजित तामाङ्ग र २२ वर्षीय दिलध्वज तामाङको सँगै माछा मार्न गएका थिए । जेठ १७ बाट बेपत्ता भएका दिलध्वजको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नम्बर–१५ गण काभ्रे र सशस्त्र प्रहरी विपद् उद्वार उपत्यका गणबाट गएको गोताखोरले सुजितको शव घटनास्थल नजिकै करीव २२ फिट गहिराइबाट निकालेको हो । रातोपाटीबाट