खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खोटाङ । बालुवा लिन जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङबाट सुनकोसी किनार भाडबेँसीमा बालुवा लिन जाँदै गरेको ना ६ छ १९१० नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घट्ना हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका अन्दाजी १८/२० वर्षका रोशन राउतको मृत्यु भएको हो ।

लैकुखोला नजिकको टर्निङमा ट्याक्टर पल्टिँदा राउतको घट्नास्थलमै मृत्यु भएको धितुङका वडा सदस्य खेमराज कार्कीले जानकारी दिनुभयो । वडा कार्यालय धितुङको निर्माणाधिन भवनका लागि बालुवा लिन जानेक्रममा सडकमा ट्याक्टरको अगाडिको भाग पल्टिएको र सोही भागले किच्दा चालकको मृत्यु भएको जनाइएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको वडासदस्य कार्कीले बताएउनुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार