चार थान बन्दुकसहित फरार चार प्रतिवादी पक्राउ

मोरङ । कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दाका फरार चार प्रतिवादीलाई प्रहरीले बन्दुकसहित पक्राउ गरेको छ । केराबारी गाउँपालिका ३ का ४४ वर्षीय डीकबहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका १ का १९ वर्षीय विपन लिम्बु पक्राउ परेका हुन् ।

उनीहरुले जंगलमा लुकाएर राखेको चार थान भरुवा बन्दुकसमेत बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।

केराबारी ३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा १० जना मिलेर सिकार खेल्न गएको बेला वैशाख ८ गते स्थानीय हस्तबहादुर राईलाई गोली हानी हत्या गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको राईले बताउनुभयो ।उक्त घट्नामा यसअघि पक्राउ परेका रुबिन लिम्बु र गजेन्द्रबहादुर राई जिल्ला अदालत मोरङबाट पुर्पक्षका लागि मोरङ कारागारमा रहेको उहाँले बताउनुभयो ।ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार