असार मसान्तभित्र सदस्यता नवीकरण गर्न एमालेको निर्देशन

काठमाडौं । सत्तारुढ दल नेकपा(एमाले)ले असार मसान्तभित्र सदस्यता नवीकरण र नयाँ सदस्यता आवेदन टुङ्ग्याउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेले असार मसान्तभित्र सदस्यको विवरण अद्यावधिक गर्न निर्देशन दिएको काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राईले जानकारी दिनुभयो ।

एकीकरणपूर्व एमालेले झन्डै ५ लाद क्रियाशील, संगठित सदस्य रहेको जिकीर गर्दै आएको थियो । डिजिटल लगत पनि राखेको थियो । एकीकरणयता सदस्यता नवीकरण हुन सकेको छैन । अहिले महाधिवेशन लक्षित गरेर सदस्यता नवीकरण थालिएको बताइएको छ ।

एमालेले आगामी मंसिरमा महाधिवेशनको मिति तय गरेको छ । मंसिर २ गतेदेखि ६ गतेसम्म १०औँ महाधिवेशन गर्ने उसको योजना छ । एमाले विवाद उत्कर्षमा रहेको र झलनाथ खनाल–माधव कुमार नेपाल समूहले अदालतको फैसलाअनुसार २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी सञ्चालन हुनुपर्ने अडान राखिरहेको बेला सदस्यता नवीकरण पनि विवादमा पर्ने देखिन्छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार