सशस्त्र प्रहरीद्वारा १९ घण्टादेखि राप्ती नदी टापुमा फसेका ४ व्यक्तिको उद्धार

काठमाडौं । १९ घन्टादेखि दाङस्थित राप्ति नदी बीचको टापुमा फसेका ४ जना ब्यक्तिको सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्धार गरेको छ ।

जिल्लाको लमही नगरपालिका ७ हसनापुर र राजपुर गाउँपालिका २ बेलास्थित राप्ति नदीको बीच टापुमा हिंजो दिउंसो २ बजेबाट फसेकाहरुको उद्धारगरिएको हो ।

टापुको दुबैतिर राप्तिको नदी बग्ने र बीचमा रहेको टापुमा दिउँसो वस्तु चराउन पुगेका उनीहरु अविरल वर्षासँगै राप्तिमा बढेपछि करिब ५० वटा गाइवस्तुसँगै अललपत्र परेका थिए ।

उद्धार गरिएका ब्यक्तिहरु लमही ७ बस्ने ४८ वर्षीय मन्सराम चौधरी, राजपुर २ बस्ने बर्ष ५० की साबित्री यादव, सोही ठाउँ बस्ने वर्ष २६ को राधेश्याम यादव र राजपुर ३ बस्ने वर्ष २५ को गणेश यादब रहेका छन् ।राति ९ बजे उनीहरु फसेको जानकारी आएपनि रातको समयमा पानीको अत्यधिक बहाबका कारण उद्दारमा कठिनाइ भएको थियो ।

आज बिहानै सशस्त्र प्रहरी बल नम्बर २९ ज्वालामाइ गणबाट सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर खनाल र नम्बर ४१ रिजर्ब गण चन्द्रौटा कपिलबस्तुबाट सशस्त्र प्रहरी उपरीक्षक यादब बिश्वकर्माको कमान्डमा गएको बिपद व्यवस्थापन सहितको टोलीले ९ बजे चारै जनाको उद्दार गरी घर पठाएको हो ।उनीहरुले चराउन लिएर गएका गाइवस्तु चाहिं सोही टापुमा रहेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार