बागलुङ । केही दिनदेखिको निरन्तर वर्षाका कारणको मालढुङ्गामा बाढीले पुल भत्काएको छ । मालढुङ्गा–बलेवा–कुश्मिसेरा सडक खण्डको काठेखोलामा रहेको पुल बाढीले बगाएको हो ।
मंगलबार राति साढे आठ बजे काठेखोलामा आएको बाढीले पुलको तल्लो भाग बगाएपछि कालिगण्डकी करिडोरको मालढुङ्गा–कुश्मिसेरा सडक अवरुद्ध भएको बागलुङ नगरपालिका वडा नम्बर १ का वडा सदस्य सूर्य लामिछानेले जानकारी दिनुभयो ।
पुलमा यात्रा गर्नै नमिल्ने गरि भत्किएको लामिछानेको भनाई छ । पुल भत्किएपछि बागलुङको दक्षिण भेगको सिधा यात्रा टुटेको छ । बागलुङ नगरपालिकाको विभिन्न वडाहरु र जैमिनी नगरपालिका नागरिकलाई यात्रामा समस्या परेको छ ।
पुल भत्किएपछि बागलुङको दक्षिण भेगमा मालवाहक गाडी तथा तथा बिरामी बोक्ने एम्बुलेन्स ठप्प हुने अवस्था आएको छ । खोलामा पाढीको बहाव बढेपछि पुलमा थप क्षति पुग्ने देखिन्छ । baglungpostबाट