सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बेपत्ता बनाएका ७ जनाको पहिचान खुलेको छ । हराइरहेका ७ जनाको पहिचान खुलेको सिन्धुपाल्चोकका सहायक प्रजिअ बाबुराम खनालले बताउनुभयो ।
बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल छन् ।
७ जना मानिस बेपत्ता छन्, एकजनाको शव फेला परेको छ तर पहिचान भएको छैन्’ सहायक प्रजिअ खनालले भन्नुभयो– ‘सो क्षेत्रमा संचार सम्पर्क पनि अवरुद्ध भएको छ ।’ हेलम्बु गाउँपालिकाको इन्द्रावती नदीको किनारमा फेला परेको शव पहिचान हुन सकेको छैन । रातोपाटीबाट