कोरोना संक्रमणका कारण पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

सुर्खेत । नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो ।

कोरोना संक्रमण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा विष्ट भर्ना हुनुभएको थियो । विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा रिफर गरिएको थियो ।

आइतबार विहान ५ बजे उपचारका क्रममा विष्टको निधन भएको उहाँका भाइ दल विष्टले जानकारी दिनुभयो। पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट पूर्व संविधान सभा सदस्य हुनुहुन्थ्यो।

विष्ट २२ वर्षसम्म नेपाली काँग्रेस सुर्खेतको पार्टी सभापति बन्नुभएको थियो भने पूर्व जिल्ला विकास समितिका उपसभापति समेत हुनुहुन्थ्यो। उहाँ सुर्खेत पश्चिम क्षेत्रका निडर प्रभावशाली नेताका रूपमा स्थापित हुनुहुन्थ्यो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार