७९.४४ अंकले बढ्यो नेप्से

काठमाडौं । साताव्यापी गिरावटपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ७९.४४ अंकले बढेर २९१३.८४ मा पुगेको छ ।

जबकी गत सोमबार मात्र नेप्से परिसूचक अधिकतम ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १६.०१ अंकले बढेर ५३६.१५ विन्दुमा पुगेको छ ।

आज सेयर बजार खुले देखिनै सकारात्मक संकेत देखिएकोमा सबै जसो समूहहरु धनात्मक (पोजेटिभ) देखिएका छन् भने, ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट नै लागेको छ ।

यता, दुई दर्जन भन्दा कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत माथिले वृद्धि भएका छन् । यस दिन २२५ कम्पनीका १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर १ लाख १२ हजार ५० पटक किनबेच हुँदा कुल १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँको कारोबार भएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार