
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरु आज छलफल गर्न लागेका छन् ।
बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभाका निवर्तमान सांसद् तथा ठाकुर पक्षका कार्यकारिणी समिति सदस्य उपस्थित हुने बताइएको छ ।
जसपाको ठाकुर पक्ष नेता राजेन्द्र महतोसहित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको थियो । जसपाबाट ९ जना मन्त्री र २ राज्यमन्त्री भएका थिए ।
तर, सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै १९ दिनमै मन्त्रीहरु पदमुक्त भएका छन् । मंगलबार पदमुक्त भएका मन्त्रीहरु र नेताहरु अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफलमा जुट्न लागेका छन् ।
बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जसपाका एक नेताले बताउनुभयो । आजको बैठकमा पार्टीको भावी रणनीतिबारे समेत छलफल हुने उनले बताउनुभयो । नागरिक खबरबाट