बेनी । उपल्लो मुस्ताङबाट बग्ने विभिन्न नदीको बहाव शनिबार दिउँसो उच्च भएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले कालिगण्डकी तटीय क्षेत्रका बस्तीहरुलाई उच्चसर्तकता अपनाउदै सुरक्षित रहन आग्रह गरेको छ। प्रशासनले बाढीका कारण विपद्को अवस्था नहोस भन्ने उद्देश्यले यहाका स्थानीय तहलाई समेत सचेत रहन आग्रह गरेको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार उपल्लो मुस्ताङको दामोदरकुण्ड ,सुर्खाङ र लामन्थाङ लगायतका क्षेत्रमा परेको अविरल बर्षाका कारण सुर्खाङ खोलामा पानीको बहाव उच्च भएकाले आवश्यक सावधानी अपनाउन स्थानीय तह माफत नागरिकलाई अनुरोध गरिसकेको छ।
कालिगण्डकी नदीको तटीयक्षेत्र अन्तर्गत छुसाङ, कागबेनी, जोमसोम, स्याङ, टुकुचे ,कोवाङ, सौरु, सिर्खुङ, लेते, धम्पु लगायतका दर्जन स्थानका गाउँहरु जोखिमको अवस्था रहेकाले सर्तकता अपनाउ अनुरोध गरिएको छ। यस्तै ,कालिगण्डकी बहाव उच्च भएको अवस्थामा म्याग्दीका विभिन्न स्थान पनि जोखिम बढ्ने अनुमान गरिएको छ।