नेकपा एमालेका सांसद भीम रावलले पदबाट राजीनामा दिने

काठमाडौं । नेकपा एमालेका सांसद् भीम रावलले संसद पदबाट राजीनामा दिने भएका छन् । माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिन लागेका हुन् ।

आइतबार बिहान कार्यदलका सदस्यहरुले विश्वासको मत दिनेबारे पार्टीबाट संस्थागत निर्णय गराउन नेता नेपालसमक्ष गरेको प्रस्ताव अस्वीकार गरेका थिए । रावल यसबाट असन्तुष्ट रहेका छन् । माधव पक्षका अन्य सांसदहरुले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेका छन् । देउवाले आजै विश्वासको मत लिँदै छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार