राजीनामा फिर्ता लिन भीम रावलमाथि चर्को दवाव

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावललाई संघीय संसद् सदस्यबाट दिएको राजीनामा फिर्ता लिन गृह प्रदेशका सांसद्हरुले चर्को दवाव दिएका छन् । एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्य काठमाडौं नै आएर रावललाई राजीनामा फिर्ता लिन दवाव दिएका हुन् ।

सुदूरपश्चिम प्रदेशका सांसद् र मन्त्रीको टोलीले उनको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशी, सामाजिक विकासमन्त्री लाल बहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलगायत एमाले सुदूरपश्चिमकी सचेतक, पूर्वसचेतकसहित १३ जनाले राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।

निवासमै आइपुगेका टोलीलाई रावलले पार्टी एकताका लागि राजीनामा दिएको जानकारी दिएका छन् । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले शेर बहादुर देउवालाई भोट हाल्नुपर्छ भन्ने दवाव दिएपछि चरम अनैतिक काम गरिन्न भन्दै उपाध्यक्ष रावलले आइतबार विश्वासको मत लिनुअगावै प्रतिनिधिसभा सदस्य पदबाट राजिनामा दिएका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार