१० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ जाँदै

काठमाडौं । कोरोना भाइरसविरूद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ। एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले १० लाख डोज खोप लिन जहाज राति ११ बजे बेइजिङ जाने जानकारी दिनुभयो।

उनले खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने बताउनुभयो। लगत्तै अर्को १० लाख डोज खोप लिन भोलि साँझ नै जहाज बेइजिङ जाने पौडेलले जनाउनुभयो ।

त्यसपछि पनि जहाज शनिबार फेरि अर्को १० लाख डोज खोप लिन बेइजिङ जाने तालिका छ। सरकारले चीनबाट ४० लाख डोज खोप खरिद गरेको हो। यसअघि नै एयरलाइन्सले ८ लाख डोज खोप ल्याएको थियो।

सरकारले चीनबाट ल्याएका खोप अहिले नागरिकलाई लगाइरहेको छ। अब आउने खोप भने कसलाई लगाउनेबारे टुंगो भने भइसकेको छैन। यद्यपि सरकारले अब कम उमेर समूहमा खोप लगाउँदै जाने जनाएको छ। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार