काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्यूँताउँदै हुनुहुन्छ । एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्यूँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागेको हो ।
पीभीको घोषणा आज भक्तपुरको थापा पार्टी प्यालेसमा केहीबेरमा नेता नेपालले घोषणा गर्ने युवा संघका उपमहासचिव सञ्जीप राईले जानकारी दिनुभयो। त्यसो त नेपाल समूहको अखिलले यूथफोर्सलाई प्रतिवाद गर्न भन्दै तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ । नागरिक खबरबाट


























