काठमाडौं । नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन् । एक नेताका अनुसार जवाफ आजै पठाइने भएको छ ।
३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । पार्टीले उनीहरुलाई स्पष्टीकरण सोधेको छ, जसमा विपक्षी गठबन्धनसँग साठगाँठ गरेको आरोप लगाइएपनि फ्लोर क्रसबारे केही बोलिएको छैन । नागरिक खबरबाट


























