निर्वाचन आयोगमा जसपाका नेताहरुको सनाखत सुरु

काठमाडौं । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भएको छ ।

सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । विगतमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका मनिष सुमनलगायतका नेताहरु पनि निर्वाचन आयोग परिसरमा देखिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका कार्यकारिणी समिति सदस्यहरुको ‘हेड काउन्ट’ सुरु भएको बताउनुभयो । उहाँले जसपाको आधिकारिकता सम्बन्धी निर्णय आजै आउन पनि सक्ने बताउनुभयो । अनलाइनखरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार