काठमाडौं । डा. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गर्नुभएको छ । डा.केसीले मंगलबार प्रधानमन्त्री देउवालाई ६ बुँदे खबरदारी पत्र पठाउँदै स्वार्थ बाँझिने व्यक्तिलाई मन्त्री बनाएको भन्दै पदमुक्त गर्न माग गर्नुभएको हो ।
“नवनियुक्त स्वास्थ्य राज्यमन्त्री या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुन अवस्था अन्त गरुन् । नत्र भने उनलाई तत्काल पदमुक्त गरियोस्,” केसीले पत्रमा लेख्नुभएको छ । आइतबार मात्रै नियुक्त भएका स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ व्यापारी पृष्ठभूमिका हुन् । नागरिक खबरबाट


























