काठमाडौँ । सेयर बजार अवाञ्छित सेयर किनबेचको हल्लाका बीच अर्थमन्त्रालयले धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ ।
धितोपत्र बजारमा कुनै कम्पनीको सेयर अवाञ्छित किनबेचको मुद्दामा नियामक निकाय धितोपत्र बोर्डकै अध्यक्षको संलग्नताको समाचारहरु आएपछि अर्थ मन्त्रालयले सेबोनमाथि स्पष्टीकरण सोधेको हो ।
बिहीबार एक सूचना प्रकाशित गर्दै अर्थ मन्त्रालयले वास्तविकता के हो ? स्पष्टीकरणसहित तीन दिनभित्र मन्त्रालयमा पत्र पठाउन बोर्डलाई अल्टिमेटम दिएको छ ।
पछिल्लो समय बजारमा निकै चर्चामा रहेको बुक बिल्डिङ प्रणालीबाट साधारण शेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको नाम समेत जोडिए आएपछि बजारमा हल्लीखल्ली मच्चिएको छ ।
सर्वोत्तम सिमेन्ट र अध्यक्ष ढुंगानाबीचको सम्बन्ध, समाचार र वास्तविकता के हो ? सो बारे बताउन मन्त्रालयले सेबोनलाई स्पष्टीकरण सोधेको हो । रातोपाटीबाट