काठमाडौं । भक्तपुर अस्पतालमा केही घन्टा फरकमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुमित्रा गौतमका अनुसार गएरातिबाट दिउँसोसम्म अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिकाका ७८ वर्षका एक र भक्तपुर सूर्यविनायक नगरपालिका वडा १० का ५६ वर्षका अर्का एक पुरुष रहेका छन् । त्यसैगरि मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण, ५ कि एक ५५ वर्षकी महिला समेत रहेकी छन् । रातोपाटीबाट