काठमाडौं । अफगानिस्तानको काबुलस्थित हामिद कारजाई विमानस्थल वा आसपासका क्षेत्रमा आइतबारयता १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तालिबानले समग्रमा अहिलेसम्म १२ जनाको मृत्यु भएको जानकारी दिएको हो ।
नाम नबताउने शर्तमा तालिबानका अधिकारीले गोली लागेर वा भागदौडको क्रममा उनीहरुको मृत्यु भएको बताएका हुन् । उनले सबै बाहिर जाने अनुमति नभएका मानिसलाई घर जान पनि आग्रह गरेका छन् । तालिबानले एयरपोर्टमा कसैलाई पनि दुःख दिन नचाहेको बताएका छन् ।
अहिले काबुलको एयरपोर्ट अमेरिकी सेनाको नियन्त्रणमा छ । तर, एयरपोर्ट जाने बाटोमा तालिबानहरु तैनाथ गरिएको छ । प्रत्यक्षदर्शीले बाहिर जाने कागजात भएका मानिसलाई पनि उनीहरुले रोकिरहेको बताएका छन् । एजेन्सी/अनलाइनखबर