बागमतीमा चार मन्त्रालय थप्ने तयारी

काठमाडौं । बागमती प्रदेश सरकारले सत्ता टिकाउन थप चार मन्त्रालय थप्ने तयारी गरेको छ । एमाले छाडेर सांसदहरु माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादीमा लाग्नेको संख्या बढेपछि त्यसलाई रोक्न भन्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रालयको संख्या बढाउने तयारी गर्नुभएको हो ।

थप चार मन्त्रालय थपिने भएपछि कर्मचारीहरु कसरी मिलाउने भन्दै दौडधुपमा छन् । मन्त्रालयको संख्या बढ्ने भएपछि त्यसअनुसारको सम्पूर्ण व्यवस्था गर्नका लागि कर्मचारीलाई यतिबेला हम्मेहम्मे परेको स्रोतले बताएको छ ।

हिजोदेखि कर्मचारीहरु फुटाएर बनाउने मन्त्रालय कार्यालय व्यवस्थापनका लागि खटिएका छन् । दुई दिनअघि भएको संसदीय दलको बैठकमा मन्त्रालय थप गर्ने विषयमा छलफल भएको थियो । त्यसबारे तयारीपछि कर्मचारीले भने कार्यालय व्यवस्थापनमा लागेका हुन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार