कुलमान घिसिङविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीश जबराको इजलासमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा हुने भएको छ । जबराको इजलासमा आजको उक्त रिट तेस्रो नम्बरमा रहेको छ ।

यसअघि भदौ ८ गते प्रधानन्यायाधीशकै इजलासमा भएको सुनुवाइमा कुलमानलाई नियुक्त गर्दाको मिसिल झिकाउने आदेश गरेको थियो । त्यस्तै शाक्यलाई विद्युत् विकास निगममा लैजान गरिएको निर्णयको प्रति पनि झिकाउने आदेश गरेको थियो ।

शाक्य आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै अदालत पुगेका हुन् । शाक्यले साउन ३२ गते वारेसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । सरकारले शाक्यको स्थानमा कुलमान घिसिङलाई नियुक्त गर्नु गैरकानुनी भएको उनको जिकिर छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार