काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीका लागि जान भाषा परीक्षा लिएकामध्ये दुई हजारभन्दा बढी उत्तीर्ण भएका छन् । विभागले सोमबार परीक्षा लिएकोमा मंगलबार नतिजा सार्वजनिक गरेको हो ।
भाषा परीक्षामा सहभागीमध्ये १ हजार ३९५ जना महिला र ६४४ पुरुष गरी २ हजार ३९ जना उत्तीर्ण भएका छन । परीक्षामा ६ हजार ३९७ जना सहभागी भएका थिए । नागरिक खबरबाट