बलिउड कलाकार सोनू सूदकोे घर र होेटलमा आयकर विभागकोे छापा

काठमाडौं । बलिउड कलाकार सोनु सुदको घर र होेटलसहित ६ स्थानामा आयकर विभागले छापा मारेको छ । कोरोना महामारीको समयमा समस्यामा परेका नागरिकको मद्दत गरेर चर्चामा रहेका बलिउड कलाकार सोनु सुदको घर र होेटलसहित ६ स्थानामा आयकर विभागले २० घन्टासम्म छापा मारेको हो ।

कर विभागका कर्मचारीहरुले सोेनूकोे घर र अफिसमा उपस्थित परिवारका सदस्य र स्टाफहरुसँग पनि सोधपुछ गरेको थिए । २० घन्टासम्म सोनुकोे बैंक खाता, आम्दानीकोे श्रोत, खर्च र आर्थिक अवस्थाको बिषयमा छानविन गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सोनुकोे घरबाट केही कागजात लिएर आयकर विभागका कर्मचारी फर्किएका छन् । अगष्ट २७ मा मात्र सोनुलाई दिल्लीकोे सरकारले स्कुलका छात्राहरुसँग जोडिएको एक कार्यक्रमको ब्रान्ड एम्बेसडर बनाएका थिए । सामाजिक संजालमा सोेनु आम अरविन्द केजरीवालकोे पार्टीसँग जोडिन लागेकाले पनि छापा मारिएको हो ।

सोनुको घरमा छापा मारिएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सुदको समर्थनमा ट्वीट समेत गर्नुभएको छ ।उहाँले , समस्यामा परेका नागरिकहरुको सेवामा लागेका सोनुकोे जित हुने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै, आम आद्मी पार्टीका नेता आतिशीले पनि ट्विट गर्दै भिडिओ मार्फत सोनु सोेदलाई डर देखाउनका लागि सरकारले यो कार्य गरेको उल्लेख गर्नुभएको छ ।

केही समय अघि मात्र मुख्यमन्त्री केजरीवालले ४८ बर्षिय सूदलाई दिल्लीका स्कुलका बिद्यार्थीहरुको मेन्टरशिप कार्यक्रमको ब्रान्ड एम्बेसडर घोषणा गर्नुभएको थियो। विशेष गरी गत बर्षको लकडाउनमा फसेका प्रवासी मजदुरहरुलाई सोनूले मद्दत गर्नुभएको थियो ।र केहि अवस्थामा उडानहरुको ब्यवस्था समेत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार