मोना युएईको स्वागत तथा भेटघाट कार्यक्रम

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) युएईको स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।रोजगारी र ब्यवसायको शिलशिलामा युएई पुगेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रबासी नेपाली संघ (मोना ) युएईको दुवैको क्रिक धौक्रुजमा शुक्रबार भेटघाट कार्यक्रम आयोजना गर्दै सम्पन्न भएको हो । मोना युएईका अध्यक्ष सुवाश राम्जानीको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथिहरुलाई म्याग्दीली कला सस्कृति झल्किने नृत्य प्रस्तुत गर्दै स्वागत गरिएको थियो ।

स्वागत तथा भेटघाट कार्यक्रममा मोना अन्तराष्ट्रिय कार्यसमितिका निर्वमान प्रवक्ता विटिश सरकारका काउन्सिलर प्रवेश केसीले मोना युएईले आयोजना गरेको कार्यक्रम सधै मनमा रहने बताउनुभयो । उहाँले युकेको जुन ठाउँमा रहेपनि म्याग्दीबाट युके पुगेका बिद्यार्थीहरुलाई आफुले सक्ने जति सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा युके चलचित्र कलाकार संघका अध्यक्ष रोमियन लिम्वु, म्याग्दी प्रवासी नेपाली संघ मोना युएईका सस्थापक अध्यक्ष प्रदीप सुवेदी, मोना अन्तर्राष्ट्रिय कार्यसमितिका प्रबक्ता मोना युएईका संरक्षक नन्द गर्बुजा, युएईका सफल ब्यवसायी एवम् मोना युएईका संरक्षक प्रकाश कार्की र सल्लाहकार बिक्रम अधिकारी लगायत सदस्यहरुको उपस्थित रहेको थियो ।

युके चलचित्र कलाकार संघका अध्यक्ष रोमियन लिम्बू, कार्यसमितिकी महिला उपाध्यक्ष यमुना रोका र सदस्य कलाकार सोनु पुनले नृत्य प्रस्तुत गर्नुभएको थियो । सचिव नर छन्त्यालको शुभकामना मन्तव्य रहेको कार्यक्रमको संचालन महासचिव काजीमान बुढाथोकीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार