काठमाडौँ । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले मन्त्रिपरिषद् विस्तारमा भागबण्डा खोजेको विषय गतल भएको जनाएको छ । सरकार प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीशले मन्त्रिमण्डलमा भागबण्डा मागेको भन्ने विषय गलत भएको बताएको हो ।
कार्कीले भने, ‘प्रधानन्यायाधीशको भाग भन्ने विषय जुन किसिमको चर्चा आएको छ, त्यसमा कुनै सत्यता छैन ।’ कार्कीले अहिले सत्तारुढ दलबीचमा मन्त्रालयको भागबण्डाको बिषयमा सहमति जुटिसकेको बताए । उनले कुन मन्त्रालय कसले राख्ने भन्ने विषयमा छलफल भइसेकेको पनि बताउनुभयो । मन्त्रालय भागबण्डाको विषयमा आज गठबन्धन दलबीच छलफल भइसेकेको छ । नागरिक खबरबाट