पुलाचौर सामुहिक बलात्कार घटनाका फरार तीन जना पक्राउ

बेनी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका फरार आरोपित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईका अनुसार जिल्ला बाहिरका फरक–फरक स्थानबाट उनिहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका तीनै जनालाई सोमबार बेनी ल्याइएको छ । पक्राउ परेकाहरुलाई अदालती पक्रिया पुरा गरेर सार्वजनिक गरिने प्रनाउ राईले बताउनुभयो ।

कात्तिक २ गते (मंगलबार) राती भएको घटनाका पीडितले चार दिनपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो । राति सुतिरहेको अवस्थामा झ्यालबाट छिरेर तिन जनाले डरधम्की देखाएर बलात्कार गरेको पिडितको जाहेरीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार