अस्पतालमा आगो लाग्दा ४ शिशुको मृत्यु

एजेन्सी । मध्य प्रदेशको एउटा अस्पतालमा आगो लाग्दा ४ नवजात शिशुको मृत्यु भएको छ । मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु)मा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो ।

सर्ट सर्किटकाकारण अस्पतालमा आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अस्पतालको तेस्रो तलाबाट सोमबार राति ९ बजे आगो लाग्न सुरु भएको थियो । आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकलाई दुई घन्टा लागेको थियो । आगोलागीपछि अस्पतालका बिरामीहरुलाई बाहिर निकालिएको थियो ।आगोलागीबाट अबोध शिशुको मृत्यु भएको भन्दै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले गहिरो दुःख व्यक्त गरेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार