बाँदरझुलाबासीद्धारा लालपूर्जाको माग गर्दै काठमाडौंमा आन्दोलन

काठमाडौँ । चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरु गरेका छन्।आइतबार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतिघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन सुरु गरेका हुन्।

बाँदर झुला संघर्ष समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायको लागि काठमाडौं केन्द्रित आन्दोलन गर्नु परेको बताउनुभयो । उहाँले काठमाडौंमा आएर आफ्नो जग्गाको लालपुर्जा प्राप्त गर्नुका लागि आन्दोलन गर्नु पर्ने बाध्यता भएको बताउनुभयो।संयोजक आचार्यले नगरपालिका तथा निकुञ्जमा लालपुर्जाको माग गर्दै पटक–पटक आन्दोलन गरे पनि माग पुरा नभएको बताउनुभयो।

अब अन्तिम लडाइ लड्नकै लागि काठमाडौं आएको उहाँको भनाई थियो।बाँदर झुलाका सुकुम्बासी जनताले बाच्न पाउनुपर्ने अधिकार रहेको छ। बस्तीका आँगो लगानउने विगत ८ वर्ष देखि घुुरी कर बुझाएको प्रमाण हामीसँग छ। अनि कसरी निकुञ्जको जग्गा हुन्छरु यो विषयमा नगरपालिकाले पनि न्याय दिन सकेन’, उहाँले भन्नुभयो, ‘माओवादीका अध्यक्ष प्रचण्ड तीन पटक बस्तीमा पुग्नुभयो तर, बाँदरझुलाका जनताले लालपुर्जा पाएनन्। नेताहरुलाई जनताको समस्या भन्दा पनि भोट चाहिएको छ।’

सुकुम्बासी जनताको अधिकार माथि नै राजनीति भएको भन्दै लालपुर्जा प्राप्तिको लागि निरन्तर आन्दोलन जारी राख्ने आचार्यले बताउनुभयो। ‘अब यहाँका जनताले केही गर्न नजाने पनि भोट दिन जानेका छौं। हामी भोट दिने बेलामा हेर्छौं। हामीले जग्गाको लालपुर्जा नपाएसम्म यो नालायक सरकार चाँहिदैन। लालपुर्जा नदिएसम्म कसैलाई भोट दिदैनौं,’ उहाँले भन्नुभयो, ‘सुकुम्बासी नपढेको जनता भनेर हेपियो।

तर, अब हामी कसैले राजनीतिकरण गर्न खोजे पनि रोकिने छैनौं। आफ्नो अधिकार माग गर्न आउनलाई समेत रोकियो । जति आएका छौं । त्यतिले निरन्तर रुपमा आन्दोलन गछौं । आन्दोलन नभए माग पुरा गर्नको लागि अदालतमा मुद्दा हालेर मात्रै चितवन जान्छौं।’सुकुम्बासी समुदाय बाँदरझुला मानवीय बस्ती र निकुञ्जको जग्गाको सिमाङकन गर, हाम्रो भूमिको लालपुर्जा दे, हामीहरु घर खोजी रहेका छौं, तिमीहरु बस्ती जलाउँछौं लेखेका प्लेकार्डसहित आन्दोलन गरिएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार