ओमिक्रोन र डेल्टा मिलेर संसारमा ल्याइरहेको छ कोरोनाको खतरनाक सुनामी : डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर संसारमा कोभिड–१९ को नयाँ संक्रमितको खतरनाक सुनामी ल्याइरहेको बताएको छ ।

डब्लूएचओका प्रमुख टेडरोस एडनोम गेब्रियासिसको यो बयान यस्तो समयमा आएको छ जब अमेरिका र युरोपमा कोरोना संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भइरहेको छ । ​ गेब्रियासिसले भन्नुभयो, ‘विश्वभरिका स्वास्थ्य प्रणाली पहिले नै आफ्नो क्षमताभन्दा अघि बढेर काम गरिरहेका छन् । त्यसपछि डेल्टा र ओमिक्रोन जस्ता दुई खतरापूर्ण संक्रमणको आंकडा कीर्तिमानी उचाइसम्म पुुग्ने छ । यसले अस्पताल भर्ना हुने दर र मृत्यु दर बढ्ने छ ।’

डब्लूचएओका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथमका अनुसार उपलव्ध खोप ओमिक्रोनको बिरुद्धमा अझै प्रभावकारी रहँदै आएको छ । शरीरको विद्यमान टी सेल इम्युनिटी नयाँ भेरियन्टसँग लड्न सक्छ । उहाँले भन्नुभयो,‘खोप अझैपनि प्रभावकारी प्रमाणित भइरहेको छ । यद्यपि फरक–फरक खोपको प्रभाव फरक–फरक छ । डब्लूएचओको आपतकालिन प्रयोग सूचीमा रहेका सबै खोप अधिकांश गम्भीर बिमारी रोक्न र डेल्टा भेरियन्टसँग बिरुद्धमा सुरक्षा प्रदान गर्नमा सक्षम रहँदै आएका छन् ।

फ्रान्समा १ दिनमा २ लाख भन्दा पनि बढी संक्रमित, प्रत्येक सेकेन्डमा दुई जना पोजिटिभ

न्युयोर्क टाइम्सको बुधबार राती जारी आंकडा अनुसार फ्रान्समा २४ घन्टाको अवधिमा कुल २ लाख ८ हजार नयाँ संक्रमित थपिएका छन् । ओमिक्रोन संक्रमितको छुट्टै जानकारी भने दिइएको छैन । फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभर वेरनले भन्नुभयो,‘यतीका संक्रमित देखेर हामी हामी हैरान भएका छौँ । यसको मतलब यो हो कि प्रत्येक सेकेन्डमा हाम्रो देशमा दुई मानिस पोजिटिभ आएका छन् ।’

डब्लूएचओका अनुसार पछिल्लो सात दिनमा कोभिड–१९ का संक्रमितमा ११ प्रतिशत वृद्धि भएको छ । यो आंकडा २० देखि २६ डिसेम्बर बीचको हो । मृत्युको आंकडामा पनि धेरै अन्तर आएको छैन । अक्टोबरपछि विस्तारै विस्तारै बढ्न सुरु भयो । अमेरिकामा अझैपनि धेरै संक्रमितहरु रहेका छन् । यसपछि बेलायत, फ्रान्स, इटाली र जर्मनीमा बढी संक्रमित रहेका छन् । गत साता कुल ४४ हजार संक्रमितको मृत्यु भएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार