धनगढी । बझाङमा दुई जना पुरूष मृत फेला परेका छन् । छबिसपाथीभेरा गाउँपालिका–७ बुड्खोरीका ४३ बर्षीय जंग धामी घरनजिकै नौपाते भन्ने ठाउँमा बिहीबार बिहान मृत फेला परेका हुन्।
यस्तै, सुर्मा गाउँपालिका–१ दौलीचौरका ४४ वर्षीय किट्टु बोहरा मंगलबारदेखि हराएकोमा बिहीबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
उनी घर नफर्केपछि खोजतलास गर्दा पदाली भन्ने ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताउनुभयो।उनीहरूको चिसोले कठ्यांग्रिएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी पुगे पनि विस्तृत विवरण आउन नसकेको उहाँले बताउनुभयो। सेतोपाटीबाट