काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्रले आज निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनैतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान संशोधन प्रस्ताव उपर उठेका जिज्ञासाको जवाफ दिएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको हो ।
नेता श्रीराम ढकालले अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेस गरेको विधान संशोधन प्रस्तावमा विभिन्न २५ समूहमा समूहगत छलफल गरेर बिहीबार प्रस्तुति सकिएको र शुक्रबार अध्यक्ष दाहालले बन्दसत्रमा उठेका जिज्ञासाको जवाफ दिएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बताउनुभयो । उहाँले अध्यक्ष दाहालले जवाफ दिइसकेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने पनि बताउनुभयो।
नेकपा माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ । जसमा अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी हुनेछ । नागरिक खबरबाट