काठमाडौँ । चीनमा राष्ट्रिय टोलीका खेलाडीलाई ट्याटु खोप्न नपाउने भएका छन् । चीनका राष्ट्रिय टोलीका खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध लगाउँदै ट्याटु भएका खेलाडीलाई त्यो हटाउन निर्देशन दिएको छ ।
चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र युवा टोलीमा ट्याटु भएका नयाँ खेलाडीहरू राख्न कडा प्रतिबन्ध लगाएको जनाएको हो। कार्यालयले समाजमा राम्रो उदाहरण प्रस्तुत गर्न यस्तो प्रतिबन्ध लगाइएको जनाएको छ।
जाङ लिन्पेङ जस्ता राष्ट्रिय खेलाडीहरूलाई यसअघि नै आफ्नो ट्याटु छोप्न भनिएको थियो। चिनियाँ संस्कृतिमा ट्याटुलाई राम्रो मानिन्न।विगतमा ट्याटुलाई अपराधीहरूको चिन्ह मानिन्थ्यो भने पूर्वी एशियामा यसलाई साङ्गठनिक अपराध समूहहरूसँग जोडिन्छ।चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले ट्याटुलाई राम्रो मान्दैन तर त्यहाँ हालैका दिनहरूमा ट्याटु लोकप्रिय हुन थालेको छ।
यो वर्षको सुरुमा चीनको प्रसारण निकायले अस्वास्थ्य सामग्रीमाथि कडाइ गर्ने जनाएको थियो। टेलिभिजन र इन्टरनेटमा खेल व्यक्तित्वहरूलाई ट्याटु र पुरुषहरूले कपाल बाँधेर आउन मनाही गरिएको थियो। केही कार्यक्रममा ट्याटु र पुरुष खेलाडीले बाटेको कपाललाई नचिनेर बनाइएको थियो । गत डिसेम्बरमा महिला विश्वविद्यालयको एउटा फुटबल खेल खेलाडीहरूको रङ्गाइएको कपालका कारण रद्द गरिएको थियो। नागरिक खबरबाट