आजदेखि बन्द प्रशिक्षण सुरु : १४ खेलाडी सहभागि, को–को भए अनुपस्थित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि बन्द प्रशिक्षण सुरु भएको हो ।

सन् २०२२ मा अष्ट्रेलियामा टी–२० विश्वकप हुँदै छ भने त्यसका लागि फेब्रअरीमा ओमानमा हुने ग्लोबल छनोट प्रतियोगिता हुँदै छ । त्यसको तयारीस्वरुप बन्द प्रशिक्षण थालिएको हो । जसमा सबै ३० जना खेलाडी सहभागि हुने सहमति आइतबार नै भइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका हुन् ।

तर, पहिलो दिन आज १४ जना खेलाडीमा त्रिवि मैदान पुगेका छन् । क्यानकाअनुसार पिसिआर परीक्षणलगायत प्रक्रिया बाँकी रहेकाले १६ जना खेलाडी अनुपस्थित भएका हुन् । पिसिआर परीक्षण भएर रिपोर्ट नेगेटिभ भए पनि सागर ढकाल बिरामी छन् भने नन्दन यादव, हरिशंकर साह, विनोद भण्डारी, सुशन भारी र विक्रम सोबको स्वाब संकलन भइसकेको छ तर रिपोर्ट आउन बाँकी रहेकाले अहिले होटलमै छन् ।

यसैगरी, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अभिनाष बोहरा, सन्दीप जोरा, रोहिक काफ्ले, करण केसी र कुशल भुर्तेलको भने स्वाब संकलन हुन बाँकी छ ।

यस्तै, कप्तान सन्दीप लामिछाने भने अहिले अष्ट्रेलियामा बिग बास लिग खेलिरहेका छन् । हाल शरद भेषावकर, आरिफ शेख, कुशल मल्ल, आशिफ शेख, साहब आलम, पवन सर्राफ, भीम सार्की, प्रदीप ऐरी, गुलशन झा बन्द प्रशिक्षणमा सहभागी छन् । यसैगरी, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर र किशोर महतो पनि बन्द प्रशिक्षणमा सहभागी भएका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार