जिल्ला प्रशासन कार्यालय ललितपुरको अत्यावश्यक बाहेक सबै सेवा स्थगित

ललितपुर। जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको छ।कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।

प्रमुख जिल्ला जिल्ला प्रशासन कार्यालयले आजबाट नागरिकता, नागरिकता प्रतिलिपि, संघ संस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी फाँतर्फको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ । शान्ति सुरक्षा र मुद्दा सम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा जारी रहने विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार