गणक र सुपरीवेक्षकलाई गरिब घर परिवार पहिचान तथा परिचय वितरण सम्बन्धी तालिम

म्याग्दी,बुधबार साउन ०१ गते । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा स्थानीय तहका गणक र सुपरिवेक्षकका लागि गरिव घर परिवार पहिचान तथा परिचय वितरण सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ ।सदरमुकाम बेनीमा बुधबारदेखी ६ वटै स्थानीय तहका गणक र सुपरिवेक्षकलाई सो तालिमको आयोजना गरिएको हो ।


उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले नेपाल सरकारको नितिलाइ प्रभावकारी रुपमा सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रजिअ अधिकारीले गरिव घर परिवार पहिचान तथा परिचयपत्र वितरण कोही पनि छुट्न नहुने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसीले कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । तालिममा ६ वटै स्थानीय तहका ३३ जना गणक र सुपरिवेक्षकहरु सहभागि भएका छन् । पाँच दिन सम्म संचालन हुने तालिममा गरिब घर परिवार पहिचान तथा परिचयपत्र निर्देशिका २०७५ मापदण्ड अनुुसार मुल्याङकन,आधार र विधिका बारेमा प्रशिक्षण गराइने जिल्ला समन्वय अधिकारी ज्ञानराज कोईरालाले जानकारी दिनुभयो ।

म्याग्दी सहित १२ जिल्लामा सुरु भएको गरिव घर परिवार पहिचान तथा परिचय पत्र वितरण सम्बन्धी कार्यक्रम पाँच महिना सम्म संचालन हुनेछ ।कार्यक्रममा गरिब संग विशेश्वर कार्यक्रमका जिल्ला संयोजक राजकुमार थापाले कार्यक्रमलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्र्नेमा जोड दिनुभयो ।


जिल्ला समन्वय समितिका प्रमुख केसीको अध्यक्षता ,जिसस अधिकारी कोईरालाको स्वागत तथा जिसस कार्यालय अधिकृत अर्जुन शर्माको संचालनमा उद्घाटन कार्यक्रम समापन भएको थियो ।

कार्यक्रममा प्रक्षिक गोरख बहादुर जिसी,राजकुमार थापा ,सुवास थापा क्षेत्री,चित्र नाथ शर्मा लगायत ६ जनाले प्रशिक्षण दिनुहुने जनाइएको छ । प्रशिक्षार्थीहरुलाई गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धी विधिका बारेमा जानकारी गराइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार