कमल थापाले उठाएका विषयमा छलफल भइरहेको छ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा कोही पनि असन्तुष्ट नरहेको दाबी गर्नुभएको छ । हालै मनोनित पदाधिकारीहरुलाई पार्टीको केन्द्रीय कार्यालयमा स्वागत गरेपपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको बताउनुभयो ।

‘अहिले कोहीपनि सदस्य साथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन,’ उहाँले भन्नुभएको छ, ‘निवर्तमान अध्यक्षजीसँग केही विषयहरु छन्, त्यस विषयमा हामी छलफलमा छौँ । र त्यो विषयमा पनि हामी निकट भविश्यमै टुंगोमा पुर्‍याउँछौं ।’राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई हामी निराश बनाउँदैनौ । चाँडै हामी सकारात्मक सन्देश प्रवाह गर्छौ ।’लिङ्देनले हालै मात्र २४ जना पदाधिकारी मनोनित गर्नुभएको थियो । उनीहरुमध्ये केही उपत्यका बाहिर भएकाले आइतबार उपस्थित थिएनन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार