कांग्रेस प्रवक्तामा प्रकाशशरण महत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.प्रकाशशरण महतलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिनुभएको छ । विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो ।

महत १४औँ महाधिवेशनमा सभापति देउवाकै समूहबाट सहमहामन्त्री पदका उम्मेदवार हुनुहुन्थ्यो । तर, उहाँ पराजित हुनुभएको थियो । सभापति देउवाले उहाँलाई केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो । केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ । सभापति देउवाले आज महतलाई पार्टी प्रवक्ता नियुक्त गरेको कांग्रेस पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार