काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो ६ महिनामा मुलुकभित्र अवैधानिक रुपमा बसेका तथा गैरकानुनी कार्यमा संलग्न विभिन्न राष्ट्रका १५४ जना नागरिकलाई निष्कासन गरेको छ ।
२०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरुलाई निष्कासन गरिएको जानकारी अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको हो। निष्काशन गरिएका अधिकांश कैद जरिवाना भुत्तानी गरेका तथा भिसा अवधि सकिएपछि (ओभर स्टे गर्ने) विदेशी हुन्,’ महानिर्देशक भट्टराइले भन्नुभयो । nagarikkhabar


























