बेलारूसको सीमामा हुँदैछ रूस–युक्रेन वार्ता

एजेन्सी । रूसले युक्रेनमाथि आक्रमण गरेको पाँचौ दिन यी दुई मुलुकका अधिकारीहरू वार्तामा बस्दैछन् । समाचार संस्था एएफपीका अनुसार युक्रेन र रूसी अधिकारीबीच बेलारूसको सीमामा वार्ता हुँदैछ।वार्ताका लागि युक्रेनी टोली बेलारूसको सीमामा पुगिसकेको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताबाट कुनै निकास निस्कने आफूलाई विश्वास नभएको भए पनि अधिकारीहरूलाई वार्ताका लागि अनुमति दिएका थिए । न्युयोर्क टाइम्सका अनुसार वार्ताका क्रममा युक्रेनी पक्षले तत्काल युद्धविराम गरी रूसी सैनिक युक्रेनबाट फिर्ता हुनु पर्ने प्रस्ताव राख्नेछ।वार्ताको तयारी भइरहँदा पनि रूसले युक्रेनमाथिको हमला जारी राखेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार