भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले भोलि (बिहीबार) देशभर बिदा दिने निर्णय गरेको छ। ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले बिदा दिएको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरूमा बिदा दिने निर्णय गरेको हो।

यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार