गृहमन्त्रीको निर्देशनपछि घाइतेको उद्धारका लागि हेलिकोप्टर संखुवासभा जाँदै

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिनुभएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएकाले मृतकहरुको उद्धार गर्न हेलिकोप्टर पठाउन लागिएको गृहमन्त्रालयले जनाएको छ ।

उहाँले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशिघ्र उद्धार गर्न निर्देशन दिनुभएको हो । ‘मन्त्रीन्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन भएको छ । हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि संखुवासभाको चैनपुरमा पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने पाँच जना गम्भीर घाइते छन् । गम्भीर घाइते ५ जनालाई चैनपुरबाट हेलिकोप्टरमा धरान लैजाने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिनुभयो । घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटर टाढा छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार