जाली फटाहाहरुलाई हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ : ओली

कास्की । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जाली फटाहाहरुको संज्ञा दिनुभएको छ । उहाँले उनीहरुलाई आगामी निर्वाचनबाटै ठेगान लगाउन सक्ने पनि जिकिर गर्नुभयो । ‘हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ । महान जनताको साथ हामीसँग छ’, शुक्रबार प्रेस चौतारीको कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै ओलीले भन्नुभयो ।

उनीहरुले जालझेल र तिकडमको सहायतामा सत्ता गठबन्धन अघि बढिरहेको आरोप पनि लगाउनुभयो । ओलीले नेपालको राजनीति अहिले दुईतिर विभाजित भएको पनि बताउनुभयो । त्यो मध्ये एकधारको नेतृत्व आफूहरुले गरेको र त्यो देशभक्तिको पक्षमा भएको उहाँको भनाइ छ । आफूहरु भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्ने, मिचिएको भूमि फिर्ता ल्याउने, सामुद्रिक मार्ग प्रयोग गर्न पाउने जस्ता विषयमा स्पष्ट रहेको बताउनुभयो । अर्को पक्षचाहिँ जाली फटाहाको राजनीतिमा रहेको उनीहरु देश भत्काउन लागिपरेको आरोप ओलीको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार