मन्त्री आले र नेपालका लागि अमेरिकी कार्यबाहक राजदूतबीच भेट

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि अमेरिकी कार्यबाहक राजदूत म्यानुयल मिक्यालरले आज भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको मन्त्री आलेको सचिवालयले जनाएको छ।

सो भेटवार्ताका क्रममा मन्त्री आलेले अमेरिकी सरकारले नेपालको विकास लगायतका विविध क्षेत्रका साथै कोरोना भाइरसविरूद्ध लड्नका लागि गरेको सहयोगको सराहना गर्नुभयो। कार्यबाहक राजदूत मिक्यालरले नेपालमा पर्यटन प्रवर्द्धन, कला संस्कृति तथा नागरिक उड्डयनका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताउनुभएको थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार